गृहपृष्ठ जिनेदिन जिदान रियल मड्रिडको प्रशिक्षकमा नियुक्त, सोलारी बर्खास्त
जिनेदिन जिदान रियल मड्रिडको प्रशिक्षकमा नियुक्त, सोलारी बर्खास्त
रियल मड्रिडले पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । वर्तमान प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिदानलाई क्लबमा नियुक्त गरेको हो । १० महिनाअघि जिदानले रियल मड्रिड छोडेका थिए ।
उनको स्थानमा जुलेन लोपेटेगीलाई नियुक्त गरेको रियलले उनीबाट राम्रो प्रदर्शन पाउन सकेन । लापेटेगीलाई पनि बर्खास्त गरेर रियलले सान्टियागो सोलारीलाई प्रशिक्षणको जिम्मा दिएको थियो । सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिनेदिन जिदानलाई सन् २०२२ को जुन ३० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो ।
प्रकाशित समय ०७:२५ बजे

















