गृहपृष्ठ साफ महिला च्याम्पियनसीपः नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसीपः नेपाल र बंगलादेश भिड्दै

विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसीप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । असअघि शुक्रबार समूह बी को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गरि अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

श्रीलंका सेमीफाइनलमा पुगेसँगै साफ महिला च्याम्पियन्सीप फुटबलको सेमीफाइनल समिकरण पनि पूरा भएको छ । श्रीलंकाको विजयसँगै साविक विजेता भारत एक खेलअघि नै अन्तिम चारमा पुगेको हो ।

श्रीलंका र भारतबीच आइतबार हुने लिगको अन्तिम खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु