गृहपृष्ठ राउतसँगको सम्झौतामा न्यायपालिकाको भूमिका शंकास्पदः शेखर कोइराला
राउतसँगको सम्झौतामा न्यायपालिकाको भूमिका शंकास्पदः शेखर कोइराला
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सिके राउत र सरकारबीच भएको सम्झौतामा न्यायपालिकाको भूमिका शंकास्पद देखिएको आरोप लगाएका छन् ।
सरकारले न्यायपालिकालाई प्रभावमा पारेर देशमा फेरि गृहयुद्ध निम्ताउन खोजेको उनले आरोप लगाए । नेपाल टेलिकम वर्कस यूनियन प्रदेश नम्बर १ को शुक्रबार विराटनगरमा आयोजित क्षेत्रीय अधिवेशनमा बोल्दै कोइरालाले यो सम्झौताले न्याय क्षेत्रको विश्वसनियतामाथि प्रश्न चिह्न खडा भएको बताए ।
न्यायपालिका निष्पक्ष बन्न नसकेको उनको आरोप थियो ।
प्रकाशित समय ०७:५४ बजे
















