गृहपृष्ठ म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा
म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा
म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा स्वान्सी सिटीलाई ३-२ गोलले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
म्यानचेस्टरका लागि ६९ औं मिनेटमा बर्नान्डो सिल्भा र ८८ औं मिनेटमा सर्जियो अगुइरोले गोल गरे । ७८ औं मिनेटमा म्यानचेस्टरले उपहार गोल पाएको थियो ।
स्वान्सीका लागि खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीमार्फत र सिलिनाले गोल गरेका थिए ।
प्रकाशित समय ०७:१९ बजे

















