गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : भारतले फेरि अग्रता लियो
साफ महिला च्याम्पियनसिप : भारतले फेरि अग्रता लियो
महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा दुबै टिमले एक एक गोलको बराबरी खेलेका थिए ।
तर, दोस्रो हाफमा भारतले थप दुइ गोल गर्दै अग्रता लिएको हो । ६३ औं मिनेटमा ग्रेस ड्ङमेईले सन्ध्या रंगनाथनको पासमा नेपाली गोलकिपर एन्जिला सुब्बा र डिफेन्डरलाई बिट गर्दै भारतका लागि दोस्रो गोल गरेकी थिइन्।
त्यसअघि नेपालका लागि सावित्रा भन्डारी गोलसँगै नेपालले बरनबरी गरेको थियो । खेलको २६औं मिनेटमा भारतले डालिमा छिब्बरको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
प्रकाशित समय १६:३५ बजे

















