गृहपृष्ठ आईपीएलमा दिल्लीको उत्कृष्ट सुरुवात

आईपीएलमा दिल्लीको उत्कृष्ट सुरुवात

ईन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

आइतबार राती भएको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको हो । २ सय १४ रनको विशाल लक्ष्य पक्ष्याएको मुम्बई १९.२ ओभरमा मात्र १ सय ७६ रनमा समेटियो । मुम्बईका लागि युवराज सिंहले ५३ रन बनाए । क्रुनाण पान्ड्या ३२, कप्तान रोहित शर्मा १४, क्विन्टन डी कक २७, किरण पोलार्ड २१ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानको प्रदर्शन राम्रो भएन ।

दिल्लीका लागि कागिसो रबाडा र ईशान्त शर्माले दुई–दुई विकेट लिए । ट्रेन्ट बोल्ट, राहुल तवतिया, अक्षर पटेल र किमो पलले समान एक–एक विकेट हात पारे । वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रन बनायो । ऋषभ पन्तले २७ बलमा समान ७ छक्का र चौका प्रहार गर्दै ७८ रनमा अविजित रहे ।

कोलिन इनग्रामले ४७, शिखर धवनले ४३, पृथ्वी शा ७, कप्तान श्रेयर ऐरले १६, किमो पल ३ र अक्षर पटेलले चार रन जोडे । राहुल टेवाटिया ९ रनमा अविजित रहे । मुम्बईका लागि मिचेल म्याकक्लेनाघनले ३ विकेट लिए भने हार्दिक पान्ड्या, बेन कटिङ्ग र जसप्रित बुमराहको नाममा समान एक विकेट रह्यो ।

प्रकाशित समय ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु