गृहपृष्ठ एएफसी यू–२३ च्याम्पियनसिप छनोट : नेपाल अफगानिस्तानसँग पराजित
एएफसी यू–२३ च्याम्पियनसिप छनोट : नेपाल अफगानिस्तानसँग पराजित
एएफसी यू–२३ च्याम्पियनसिपको छनोटमा नेपाल अफगानिस्तानसँग पनि हार बेहोर्न बाध्य भएको छ ।
नेपाल दुई–शुन्य गोलले पराजित भएको हो । समह ए का नेपाल र अफगाननिस्तान प्रतियोगितबाट भने बाहिरि सकेका थिए । यसअघिको खेलमा नेपाल कुवेत र कतारसँग पराजित भएको थियो ।
२३औं मिनेटमा विमल घर्तिमगरले हेड गरेको बलले पास्टको दिशा समात्न सकेन । लगत्तै नेपालले गोल खान पुग्यो । २४ औं मिनेटमा अफगानिस्तानका सुलेमान साहले गोल गरे । ३० औं मिनेटमा पनि बिमलको प्रहार अफगानी गोल किपरले बचाए । ३४ औं मिनेटमा अफगानिस्तानले अग्रता दोब्बर बनायो । अहमद ओमरानले गोल गरेका थिए ।
पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो गोल फर्काउन नसक्दा हार टार्न सकेन ।
प्रकाशित समय ०७:२२ बजे

















