गृहपृष्ठ दिल्ली ६ विकेटल पराजित, चेन्नईको लगातार दोस्रो जित

दिल्ली ६ विकेटल पराजित, चेन्नईको लगातार दोस्रो जित

चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स चेन्नाईसँग ६ विकेटले पराजित भएको हो ।

दिल्लीको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेन्नाईलाई दिल्लीले १४८ रनको लक्ष्य दिएको थियो । चेन्नईले दिल्लीको लक्ष्य चार विकेट गुमाएर दुई बल बाँकी रहँदा नै पूरा गर्यो ।

चेन्नईका सेन वाट्सनले ४४ रन बनाए । सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २५ जोडेका थिए । महेन्द्र सिंह धोनीले पनि २५ रनकै योगदान गरे । त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

शिखर धवन ५१ तथा ऋषभ पन्त २५ र पृथ्वी साले २४ रनको यागदान गरे । पहिलो विकेटका लागि धवन र साबीच ३६ रनको साझेदारी भएको थियो । दिल्लीका पछिल्ला क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् । चेन्नईका डुवान ब्राभोले सर्वाधिक ३ विकेट लिएका थिए ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु