गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्यसम्पादन समिति गठनको कसरत
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्यसम्पादन समिति गठनको कसरत
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । कार्यसम्पादन समिति गठनलाई एजेन्डा बनाउँदै कांग्रेसले बैठक बोलाएको हो ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको खण्डमा शनिबार कार्यसम्पादन समिति गठनको सम्भावना रहन्छ । स्रोतका अनुसार २९ सदस्यीय कार्यसम्पादन समिति बन्नेछ । सभापतिसहित ७ जना पदाधिकारी र विजयकुमार गच्छदार बाहेक अब बाँकी २१ सदस्यमा भागवण्डा मिलाउन कांग्रेसमा लुछाचुडी छ ।
सभापति देउवाले ६०–४० को आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेको बुझिएको छ । जसमा नेता पौडेल, महामन्त्री सशांक कोइराला र र अर्का एकजना हुनेछन् । १२ जना आफ्नै गुटबाट लाने देउवाको रणनीति छ । त्यसो भएमा १३ औं नम्बरमा कृष्ण सिटौला पर्नेछन् । यसअघि बनाइएको कार्यसम्पादन समिति विधान विपरीत भएको भन्दै दबाब भएपछि भंग गरिएको थियो ।
कांग्रेसले १३ औं महाधिवेशनको तीन वर्षमा पनि केन्द्रीय विभागहरु गठन गरेको छैन ।
प्रकाशित समय ०८:४७ बजे
















