गृहपृष्ठ लिभरपुल पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा
लिभरपुल पोर्टोलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
पोर्टोलाई समग्रमा ६–१ गोलले हराउँदै लिभरपुलले लगातार दोस्रो सिजन सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा दुई शून्यले अघि रहेको लिभरपुलले दोस्रो लेगमा पोर्टोको घरेलु मैदानमा ४–१ गेलले पराजित गर्यो । २६ औं मिनेटमा साडियो मानेले गोलको खाता खोले । ६५ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दुई–शुन्य बनाए । ६८औैं मिनेटपछि पोर्टोका इडे मिलिटोले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । त्यसपछि लिभरपुलले थप दुई गोल थप्यो र पोर्टोलाई खेलमा फर्किने मौका नै दिएन । ७७ औं मिनेटमा रोबेर्टो फ्रेमिन्होले गोल गरे । ८४ औं मिनेटमा भान जीकले लिभरपुलका लागि चौथो तथा अन्तिम गोल गरे ।
लिभरपुलले सेमिफाइनलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ भने टोटनह्यामले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०७:२४ बजे

















