गृहपृष्ठ युरोपा लिगमा चेल्सी र आर्सनलल सेमिफाइनलमा
युरोपा लिगमा चेल्सी र आर्सनलल सेमिफाइनलमा
चेल्सी युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति स्लाभिया प्रागलाई४–३ गोलले पराजित गर्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।
चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले दुई तथा ओलिभर जिरुडले एक गोल गरे । एक गोल भने उपहार पाएको हो । स्लाभियाका लागि पिटर सेभसिकले दुई तथा थोमस सुसेकले एक गोल गरे । सेमिफाइनलमा चेल्सीको प्रतिस्पर्धा जर्मन क्लब फ्रान्कफर्टसँग हुनेछ ।
त्यस्तै आर्सनलले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । ईटालियन क्लब नापोलीलाई १–० ले पराजित गर्दै आर्सनलले सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्टीले गरेको गोल नै निर्णायक बन्यो । आर्सनलले अब स्पेनिस क्लब भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०८:११ बजे

















