गृहपृष्ठ इटालियन सिरी एको उपाधि युभेन्टसलाई
इटालियन सिरी एको उपाधि युभेन्टसलाई
युभेन्टसले इटालियन सिरी एको उपाधि जितेको छ । फिओरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले उपाधि जितेको हो । युभेन्टस पाँच खेल अगावै च्याम्पियन बनेको हो ।
शनिबार भएको खेलमा फिओरेन्टिनाका एलेक्स सान्द्रो र जर्मन पेजेल्लाले आत्मघाती गोल गरे । सुरूवातमा अग्रता भने फिओरेन्टिनाले लिएको थियो । युभेन्टसले ३३ खेलबाट ८७ बनाएको छ ।
प्रकाशित समय ०७:०५ बजे

















