गृहपृष्ठ जर्मन बुण्डेस लिगाको उपाधि बायर्न म्युनिखको पोल्टामा

जर्मन बुण्डेस लिगाको उपाधि बायर्न म्युनिखको पोल्टामा

bundes_newskarobar

जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले उचालेको छ । शनिबार राति भएको खेलमा इन्ट्राचेत फ्रान्कफटलाई ५–१ गोलअन्तरले पराजित गर्दै बायर्न उपाधिमाथि कब्जा जमाएको हो ।

बायर्नका लागि किंग्सले कोम्यानले चौथो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको बायर्नले दोस्रो हाफको सुरुमै गोल खाएको थियो । ५०औं मिनेटमा हलरले गोल गर्दै फ्रान्कफटलाई खेलमा फर्काएका थिए । तर, ५३औं मिनेटमा डेभिड अल्बाले गोल गरेपछि बायर्नले २–१ ले अग्रता लियो ।

रेनाटे सान्सेचले ५८औं, फ्रान्क रेबरीले ७२औं र ७५औं मिनेटमा आर्जेन रोबेनले गोल गरेपछि बायर्नले ५–१ को जित निकाल्दै उपाधि पोल्टामा पारेको हो ।

bundes_newskarobar

प्रकाशित समय ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु