गृहपृष्ठ कर्णाली प्रिमीयर लिग विजेता आर्मी

कर्णाली प्रिमीयर लिग विजेता आर्मी

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको रंगशालामा सम्पन्न रुस्लान कर्णाली प्रिमियर लिगको फाईनल खेल शानिबार सम्पन्न भएको छ । शनिबार भएको फाइनल खेलमा रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ ।
उपाधि सहित आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता रुपन्देही–११ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
फाइनलमा टस हारेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार गरेको थियो । आर्मीको लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन योगदान दिए जुन क्रममा ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
यस्तै बिनोद भण्डारीले २८ रन तथा राजेश पुलामीले २२ रन बनाएका थिए । रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वाधीक ३ विकेट हात पारे जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए । यस्तै बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान १ –१ विकेट आफ्नो नाम गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रुपन्देही–११ का) सन्दिप सुनार घोषित भएका छन् । जसले नगद रु. २५ हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुन तथा उत्कृष्ट बलर रुपन्देहीका कृष्ण कार्की घोषित भएका छन् । दुवैले दश–दश हजार रुपैयाँ प्राप्त गरेका छन् ।
दोश्रो इनिंगमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले १७.५ ओभरमा ९५ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । आर्मीका बलर बिक्रम सोबले सर्वाधीक ३ विकेट तथा हरि कृष्ण झा र सुशन भारिले समान २ –२ विकेट हात पारे ।
रुपन्देहीको लागि निश्चल चौधरीले सर्वाधीक २६ रन, सन्दिप सुनारले २४ रन, शक्ति गौचनले १७ रन तथा सौरभ खनालले १६ रन योगदान दिएका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच बिक्रम सोब चुनिएका छन् । जेठ ३ गते देखि सुरु भएको प्रतियोगितामा १० क्लब टिमहरुको सहभागिता रहेको थियो ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु