गृहपृष्ठ कर्णाली प्रदेशको बजेट प्राथमीकता माथी छलफल हुंदै
कर्णाली प्रदेशको बजेट प्राथमीकता माथी छलफल हुंदै
सुर्खेत- कर्णाली प्रदेश सरकारको आज बस्ने संसद बैठकले आगामी बजेटको प्राथमीकता माथी छलफल गर्दैछ । आज दिउसो ३ बजे बस्ने बैठकमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाशज्वालाले आगामी बजेटको सिद्धान्त,निति तथा प्राथमीकता सम्बन्धी दस्तावेज पेश गर्ने कार्ययोजना रहेको संसद सचिवालयका सचिब राजेश पौडेलले जानकारी दिएका छन् ।
उनले भने ‘ अर्थमन्त्रीले संसदमा पेश गरेको दस्ताबेजमाथि सांसदहरुले छलफल गरेपछि त्यसैका आधारमा आगामी बजेटको तयारी कर्णाली प्रदेश सरकारले गर्नेछ ।’
भोलीनै संसदमा दुईवटा विधेयक समेत पेश हुंदैछन् । जसमा मुख्य न्याधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सम्बन्धि बनेको विधेयक २०७५ र सार्वजनीक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धि विधेयक संसदमा पेश हुने समेत सचीब पौडेलले बताएका छन् ।
प्रकाशित समय ०८:१० बजे

















