गृहपृष्ठ युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो
युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो
पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।
आइतबार राति सम्पन्न खेलमा नेदरल्यान्डलाई १–० गोलले हराउँदै घरेलु टोली पोर्चुगल च्याम्पियन बनेको हो । पोर्टाेमा भएको खेलमा पोर्चुगलका गोन्कालो गुइडेसले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६०औं मिनेटमा गोल गरेका थिए ।
पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवाव राखेको थियो । तर, गोल गर्न भने सकेन । ११औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार विफल भएको थियो । २८औं मिनेटमा पनि रोनाल्डोको प्रहार भर्जिल भान डाइकले क्लियर गरिदिए । ३१औं मिनेटमा रोनाल्डो पुनः गोल गर्नबाट चुकेका थिए ।
दोस्रो हाफमा भने नेदरल्यान्ड हावी भएको थियो । तर गोल गर्न भने सकेन । ५७औं मिनेटमा नेदरल्यान्डका मेम्फिस डिपेले गोलको अवसर सदुपयोग गर्न सकेनन् । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता जित्न सफल भएको हो ।
प्रकाशित समय ०७:५१ बजे

















