गृहपृष्ठ कोपा अमेरिका फुटबलमा अर्जेन्टिना पराजित
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना पराजित
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा कोलम्बियासँग अर्जेन्टिनाले २–० को हार व्यहोरेको हो ।
फोन्टे नोभा एरेनामा पहिलो हाफ गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा खायो । कोलम्बियाका रोजर मार्टिनेजले ७१औं र डुवान जाप्टाले ८६औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले गोलका केही अवसर गुमाएका थिए ।
प्रकाशित समय ०७:१२ बजे

















