गृहपृष्ठ विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै
विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै
विश्वकप क्रिकेटमा आज कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा यी दुई देशबीचको रोचक खेल सुरू हुनेछ ।
भारत र पाकिस्तानको खेललाई विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेलको रूपमा लिइन्छ । पाकिस्तानले यसअघिका दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ । पहिलो खेलमा दक्षिण अफ्रिका र दोस्रो खेलमा अस्ट्रेलियालाई हराएको भारत आजको खेलमा पनि जित निकाल्न चाहन्छ ।
भारतीय टिम यसपटक निकै फर्ममा देखिन्छ तर क्रिकेटका हरेक महत्वपूर्ण खेलमा पाकिस्तानले अप्रयात्यासित नतिजा दिने भएकाले खेल कसको पक्षमा जान्छ यसै भन्न नसकिने खेल विश्लेषक बताउँछन् ।
प्रकाशित समय ०८:०५ बजे

















