गृहपृष्ठ विश्वकप क्रिकेट : वेस्ट इन्डिजविरुद्ध बंगलादेशको सनसनीपूर्ण जित

विश्वकप क्रिकेट : वेस्ट इन्डिजविरुद्ध बंगलादेशको सनसनीपूर्ण जित

bangladesh-westindies-newskarobar

आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा वेस्ट इन्डिजमाथि बंगलादेशले सात विकेटको सनसनीपूर्ण जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि सर्वाधिक साइ होपले ९६ रन बनाए । त्यस्तै, एभिन लुइसले ७०, सिमरोन हेटमायरले ५० रन जोडे । १३ बल सामना गरेका क्रिस गायल शून्य रनमा आउट भए । बंगलादेशका लागि मोहम्मद सैफुदिन र मुस्ताफिजुर रहमानले समान ३/३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बंगलादेशले ४१.३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग–यो । राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो । ओपनर सौम्य सरकार २९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएका तमिम इक्वालले ४८ रन बनाए ।

सकिब हल हसन र लिटन दासले १८९ रनको साझेदारी गरेपछि बंगलादेशले सहज जित हात पारेको हो । हसनले ९९ बलमा अभिजित १२४ रन बनाए भने दासले ६९ बलमा ९४ रन जोडे ।

प्रकाशित समय ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु