गृहपृष्ठ विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै
विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै
एकदिवसिय विश्वकप क्रिकेटमा बुधबार न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
शीर्ष चारमा पुग्ने आश जिवितै राख्न दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ । एक खेलमा अंक बाढेको न्युजिल्यान्ड भने ४ खेलबाट ७ अंक बटुल्दै तेस्रो स्थानमा छ । आज विजयी भए न्युजिल्यान्डले शीर्षस्थानमा उक्लिदै सेमिफाइनल यात्रा बलियो बनाउने छ ।
विश्वकपमा यी दुई देश ७ पटक आमने सामने भइसकेका छन् । जसमा न्युजिल्यान्ड सर्वाधिक ५ पटक विजयी हुँदा दक्षिण अफ्रिकाले २ खेल जितेको छ । दुुई देशबीच ७० वटा एकदिवसीय खेल भएको छ । जसमा दक्षिण अफ्रिका ४१ खेलमा विजयी भएको छ भने २४ खेल न्युजिल्यान्डले जितेको छ । ५ खेल नतिजाविहीन छन् ।
प्रकाशित समय ११:२२ बजे

















