गृहपृष्ठ जितविहीन अफगानिस्तान अपराजित भारतविरुद्ध उत्रिँदै

जितविहीन अफगानिस्तान अपराजित भारतविरुद्ध उत्रिँदै

एक दिवसीय विश्वकपअन्तर्गत आज उपाधि दावेदार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

पाँचै खेलमा पराजित अफगानिस्तान कठिन प्रतिस्पर्धी भारतसँग भिड्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसे सवा ३ बजे साउथह्याम्प्टनस्थित ह्याम्प्सायर मैदानमा सुरु हुनेछ । शनिबार साउथह्याम्प्टनमा वर्षा नहुने त्यहाको मौसम विभागले जनाएको छ ।

यो मैदानमा पछि ब्याटिङ गर्ने टिमले अधिकांश खेल जितेको छ । प्रतियोगितामा भारत अपराजित छ । भारतका सुरुवाति ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन् । बलिङ र फिल्डिङमा पनि भारत अब्बल देखिएको छ ।

भारतलाई खेलाडीको फिटनेसले भने सताएको छ । आजको खेलमा भुवनेश्वर कुमारको स्थान मोहम्मद सामीले लिने सम्भावना छ । विजय शंकरले खेल्ने नखेल्ने पनि टुंगो लागेको छैन ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु