गृहपृष्ठ इजिप्ट अफ्रिकन कप अफ नेशन्सको प्रि–क्वाटरफाइनलमा

इजिप्ट अफ्रिकन कप अफ नेशन्सको प्रि–क्वाटरफाइनलमा

इजिप्ट अफ्रिकन कप अफ नेशन्सको नकआउट चरणमा पुगेको छ ।

बुधबार राति भएको समूह ए अन्तगर्तको खेलमा कंगोलाई २–० गोलले हराउँदै इजिप्ट प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । २५औं मिनेटमा मोहमादीले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाए । ४३औं मिनेटमा मोहमद सलाहले गोल गरेपछि पहिलो हाफमै इजिप्टले २–० गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसक्दा इजिप्ट विजयी भयो ।

समूह ए कै अर्को खेलमा युगान्डा र जिम्बावेले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु