गृहपृष्ठ विश्वकप क्रिकेट : अस्ट्रेलिया पराजित हुँदा भारत शीर्षस्थानमा
विश्वकप क्रिकेट : अस्ट्रेलिया पराजित हुँदा भारत शीर्षस्थानमा
विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा भारत दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित हुँदा भारत शीर्ष अंकसहित अन्तिम चारमा पुगेको छ । श्रीलंकालाई ७ विकेटले हराउँदै भारतले १५ अंक जोडेको छ भने दक्षिण अफ्रिकासँग १० रनले हारेको अस्ट्रेलिया १४ अंकसहित दोस्रो स्थानमा रह्यो ।
लिग चरणमा ९ खेल खेलेको अस्ट्रेलियाले ७ वटामा जित र दुईवटामा हार व्यहो-यो भने भारत ९ खेलमा ७ मा जित निकाल्दा एक खेल वर्षाबाट प्रभावित भई अंक बाँडेको थियो ।
गएराति भएको खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले स्तब्ध भयो । लिग चरणबाटै बाहिरिसकेको दक्षिण अफ्रिकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३१५ रन बनाउँदा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नर सर्वाधिक १२२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । त्यस्तै, केरीले ८५ रन जोडे । अस्ट्रेलियालाई रोक्न दक्षिण अफ्रिकाका राबडाले ३ तथा प्रेटोरियस र फेलुक्वायोले समान २/२ विकेट लिए ।
४९औं ओभरमा लगातार २ वटा विकेट गुमाएपछि हारनजिक पुगेको अस्ट्रेलियाले अन्तिम ओभरमा १८ रन जोड्न नसकेपछि दक्षिण अफ्रिकालाई नतिजा सुम्पियो ।
यसअघि, टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डु प्लेसिसले १००, डुसेनले ९५ र डि ककले ५२ रन बनाएका थिए ।
प्रकाशित समय ०६:५८ बजे

















