गृहपृष्ठ विश्वकप क्रिकेट : सेमिफाइनलमा न्युजिल्यान्डसँग भारत पराजित
विश्वकप क्रिकेट : सेमिफाइनलमा न्युजिल्यान्डसँग भारत पराजित
सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भारत न्युजिल्यान्डसँग रनले पराजित भएको हो ।
न्युजिल्यान्डले दिएको २४० रनको मध्यम लक्ष्य पछ्याएको भारत १८ रनमा अलआउट भएको हो ।केएल राहुल, रोहित शर्मा र कप्तान विराट कोहली समान १/१ रनमा आउट भएपछि सुरुदेखि नै दबाबमा आएको भारतका लागि महेन्द्रसिंह धोनी र जडेजाले उकासेका थिए । तर, ४७.५ ओभरमा जडेजा आउट भएसँगै भारत पूरा दबाबमा आयो । जडेजाले ५९ बलमा ७७ रनको विस्फोटक पारी खेले पनि टिमलाई जिताउन सकेनन् । धोनीले ५० रनको अर्धशतकीय पारी खेले । न्युजिल्यान्डका हेनरीले ३ तथा बोल्ट र स्टानरले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनायो । न्युजिल्यान्डका टेलरले ९० तथा विलियमसनले ६७ रन बनाए । भारतका भुवनेश कुमारले ३ विकेट लिए ।
प्रकाशित समय १९:३८ बजे

















