गृहपृष्ठ टोटेनहमसँग युभेन्टस पराजित
टोटेनहमसँग युभेन्टस पराजित
टोटेनहम हट्सपरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा युभेन्टसलाई हराएको छ । सिंगापुरमा भएको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गतको खेलमा इंग्लिस टोली ३–२ गोलले विजयी भएको हो ।
पहिलो हाफमा टोटेनहमले १-० को अग्रता बनाएको थियो । एरिक लामेलाले ३१औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा युभेन्ट्स आक्रामक रुपमा प्रस्तुत भएको थियो । ५६औं मिनेटमा गोन्जालो हिगुइनले गोल गर्दै खेल बराबरीमा ल्याए । ६०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । तर केहीबेरमै लुकास मौराले गोल गर्दै इंग्लिस टोलीलाई लयमा ल्याए ।
अन्तमा कप्तान हेरी केनले अविश्वसनीय गोल गर्दै टिमलाई जित दिलाए । उनले मैदानको मध्यभागबाट गरेको प्रहारले गोलपोस्टको दिशा लिएको थियो ।
प्रकाशित समय ०७:३९ बजे

















