गृहपृष्ठ सेभिल्लाले लिभरपुललाई हरायो
सेभिल्लाले लिभरपुललाई हरायो
च्याम्पियन्स लिग विजेता लिभरपुल प्रि–सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल २–१ ले पराजित भएको हो । सेभिल्लाले खेलको ३७औं मिनेटमा अग्रता लिएको थियो । नोलिटोले गोल गर्दै टिमलाई अग्रता दिलाए । लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो । डिभोक ओरिगीले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफको ७६ औं मिनेटमा सेभिल्ला १० खेलाडीमा सिमित बन्यो । नाग्नन रातो कार्ड खाँदै मैदान बाहिरिए । खेलको अन्तिम मिनेटमा सेभिल्लाका पोजोले गोल गर्दै टिमलाई जित दिलाए ।
प्रकाशित समय ०७:४८ बजे

















