गृहपृष्ठ बलात्कारको आरोपबाट किस्टियानो रोनाल्डो मुक्त

बलात्कारको आरोपबाट किस्टियानो रोनाल्डो मुक्त

ronaldo-newskarobar

फुटबलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् । रोनाल्डोमाथि लागेको बलात्कारको आरोपका सम्बन्धमा अनुसन्धान गरेका अमेरिकी अधिकारीले रोनाल्डोविरुद्ध कुनै पनि कानुनी प्रक्रिया सुरु गर्नुपर्ने नदेखिएको बताएका हुन् ।

३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले युभेन्टसका खेलाडी रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । सन् २०१० मा पोर्चुगिज स्टार खेलाडी रोनाल्डोसँग अदालती प्रक्रियाभन्दा बाहिरै रहेर ती महिलाले सहमति गरेको बताइन्छ । तर, उनले सन् २०१८ मा पुनः आरोपका सम्बन्धमा कारबाही माग गर्दै कानुनी प्रक्रिया सुरु गरेकी थिइन् । रोनाल्डोले भने सुरुदेखि नै सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

रोनाल्डोमाथि लागेको आरोपका सम्बन्धमा अनुसन्धान गरेको लस भेगासका प्रहरी तथा कानुनी अधिकारीले सोमबार आरोप प्रमाणित हुने कुनै पनि प्रमाण प्राप्त नभएको बताएका हुन् । जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले रोनाल्डोमाथि बलात्कारको आरोप लगाउँदै समाचार प्रकाशित गरेको थियो । (एजेन्सी)

प्रकाशित समय ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु