गृहपृष्ठ स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

spanishlaliga-newskarobar

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको रियलले सेल्टा भिगोलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जिमा, टोनी क्रुस र लुकास भाजक्वएजले गोल गरे । सेल्टाका लागि इकर लोसडाले एक गोल गरे ।

खेलको ५६औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । त्यसका बाबजुद पनि रियलले ६१औं र ८०औं मिनेटमा गोल गरेको हो ।

अन्य खेलमा रियल म्यालोर्काले इबरलाई २–१ तथा ओसासुनाले लेगानिसलाई १–० ले हरायो । भ्यालेन्सिया र सोसिडाडले १–१ तथा भिलारियल र ग्रानाडाले ४–४ गोलको बराबरी खेले ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु