गृहपृष्ठ युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए फेडेरर

युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए फेडेरर

स्विस खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिइएका छन् ।

बुधबार बिहान भएको खेलमा फेडेरर ग्रिगोर डिमित्रोभसँग ३-२ को सेटमा पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएका हुन् । न्युयोर्कमा भएको प्रतिस्पर्धात्मक खेलमा फेडेरर पाँच सेटको खेलमा पराजित हुन पुगे । फेडररले २ पटक लिएको अग्रता जोगाउन सकेनन् । पहिलो सेट ६-३ ले जितेका फेडेररले दोस्रो सेट ४-६ ले गुमाए । तेस्रो सेटमा खेलमा फर्किएका फेडरररले ६-३ ले जिते ।

चौथो र पाँचौ सेटमा डिमित्रोभले फेडेररलाई मौका नै नदिइ ६-४ र ६-२ को जित हात पारे ।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु