गृहपृष्ठ ग्लोबल आइएमई बैंकको नयाँ शाखा धनकुटाको हिलेमा
ग्लोबल आइएमई बैंकको नयाँ शाखा धनकुटाको हिलेमा
ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला र धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले मंगलबार संयुक्तरुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पुर्याउने बताए ।
ढकालले बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित समय ११:४१ बजे

















