गृहपृष्ठ नेपाल र यूएईबीच खेल जारी, नेपालको कमजोर सुरुवात
नेपाल र यूएईबीच खेल जारी, नेपालको कमजोर सुरुवात
श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ । यू १९ एसिया कप क्रिकेटबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जित निकाल्ने दाउमा छन् ।
अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल आफ्नो साख जोगाउने दाउमा छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ५ विकेट र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटको हार व्यहोरेको थियो । यूएई पनि बंगालदेशसँग ६ विकेट र श्रीलंकासँग ५२ रनले हारिसकेको छ ।
टेस्ट नेसन राष्ट्रसँग पराजित भए पनि आफ्नै स्तरको टिमलाई पाखा लगाउने लक्ष्यमा मैदान उत्रिएको नेपालले कमजोर सुरुवात गरेको छ । दुवै ओपनर रित गौतम र पवन सर्राफलाई समान शून्य रनमा गुमाएपछि नेपाल दबाबमा परेको हो । नेपाल १२ ओभरमा ४५ रन बनाएर खेलिरहेको छ । कप्तान रोहित पौडेल र आसिफ सेख ब्याटिङ गरिरहेका छन् ।
प्रकाशित समय १०:४८ बजे

















