गृहपृष्ठ धरान फुटबल क्लब बेलबारी गोल्डकपको फाइनलमा
धरान फुटबल क्लब बेलबारी गोल्डकपको फाइनलमा
धरान फुटबल क्लब मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंलाई २-१ गोलले हराउँदै धरान उपाधि नजिक पुगेको हो । धरानले विभागीय टोली एपीएफ र रोयल क्लब भारतबीचको विजेतासँग आगामी शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । धरानको जितमा वर्तमान राई र कर्ण लिम्बूले १-१ गोल गरे । एकेडेमीका सुशान्त तामाङले एक गोल फर्काए ।
धरानको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि स्कोर निकाल्न नसक्दा एकेडेमीको फाइनल यात्रामा पूर्णविराम लाग्यो । कृष्ण लामाको ठाउँमा ५४औं मिनेटमा मैदान प्रवेश गरेका यू-१८ राष्ट्रिय टोलीका कप्तान जय तामाङले उत्कृष्ट प्रदर्शन गरेपनि एकेडेमीले परिणाम आफ्नो पक्षमा पार्न सकेन ।
५औं मिनेटमा वर्तमान राईले गोलको खाता खोले । ८० औं मिनेटमा कर्ण लिम्बूको धरानको अग्रता दोब्बर पारे । सुशान्त तामाङले ८७औैं मिनेटमा गोल फर्काए पनि एकेडेमीलाई जितका लागि पर्याप्त हुन सकेन । दोस्रो सेमिफाइनलमा एपीएफ र रोयल क्लब भारतबीच बिहिबार प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित समय ०८:०५ बजे

















