गृहपृष्ठ आयाक्सलाई हराउँदै चेल्सी समूहको शीर्षस्थानमा
आयाक्सलाई हराउँदै चेल्सी समूहको शीर्षस्थानमा
च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’को खेलमा चेल्सीले डच क्लब आयाक्सलाई हराएको छ ।
इोहान क्रुफ एरिना आर्मस्टर्डम आयाक्समा बुधबार राति भएको खेलमा बात्सुयाईले निर्णायक गोल गरेपछि चेल्सीको जित सम्भव रह्यो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने अवसर गुमाएका थिए । ७१औं मिनेटमा टम्मी अब्राहमको स्थानमा बात्सुयाई मैदान प्रवेश गरेका थिए । ८६औं मिनेटमा बात्सुयाईले गोल गर्दै चेल्सीलाई जितको बाटो देखाए । जितसँगै चेल्सी ६ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । ६ अंकनै रहे पनि आयाक्स दोस्रो स्थानमा छ ।
प्रकाशित समय ०८:१४ बजे

















