गृहपृष्ठ प्रधानमन्त्री ओली अजरबैजान जाँदै
प्रधानमन्त्री ओली अजरबैजान जाँदै
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाँदै छन् ।
अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकु प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीसँगै पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी पनि बाकु जानेछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने बाकु पुगिसकेका छन् ।
प्रकाशित समय ०८:२० बजे
















