गृहपृष्ठ महिला भलिबल खेलाडीहरू ३ लाख नगदसहित सम्मानित

महिला भलिबल खेलाडीहरू ३ लाख नगदसहित सम्मानित

woman volleyball

राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरू जनही ३ लाख नगदसहित सम्मानित भएका छन् । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोलीलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले सम्मान गरेको हो ।

खेलाडीहरूलाई अर्थमन्त्री डा. युवराज खतिवडाले नगद तथा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गरेका थिए । सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जितेलगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

मन्त्री विश्वकर्माले टोलीले १३औं दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गरे । गत कात्तिक २८ गते माल्दिभ्सलाई हराउँदै नेपालले जितेकाे साे उपाधि पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि हाे ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु