गृहपृष्ठ मेस्सीलाई छैटौंपटक बालोन डि’ओर अवार्ड
मेस्सीलाई छैटौंपटक बालोन डि’ओर अवार्ड
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले छैटौँ पटक बोलोन डि’ओर अवार्ड हात पारेका छन् । फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड अर्जेन्टिनाका मेस्सीले पाएका हुन् ।
मेस्सीले सन् २०१५ यता पहिलो पटक यो अवार्ड जितेका हुन् । गएको सिजनमा मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए ।
खेलाडी, प्रशिक्षक तथा पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलका भर्जिल भान डिजेक दोस्रो स्थानमा रहे । युरोपियन वर्ष खेलाडीको उपाधि जितेका भर्जिललाई यो पटक बालोन डी’ओरका दाबेदार मानिएको थियो । पाँच पटकका विजेता युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे ।
प्रकाशित समय ०७:५८ बजे

















