गृहपृष्ठ महिला फुटबलमा नेपालको सुखद सुरुवात

महिला फुटबलमा नेपालको सुखद सुरुवात

nepali woman football team

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।

नेपालका लागि सरु लिम्बूले ८८औँ मिनेटमा निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा बललाई जाली चुमाइन् । श्रीलंकाले रक्षात्मक खेल्दै नेपाललाई ८७ मिनेटसम्म रोक्न सफल भएको थियो ।

प्रतियोगिताअन्तर्गत आजै भारत र माल्दिभ्सबीच पनि खेल हुनेछ । ४ टिम सहभागी प्रतियोगिता राउण्ड रोविन प्रणालीमा सञ्चालन गरिएको छ । शिर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

खेल तालिका हेर्नुहोस् :

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु