गृहपृष्ठ किन बिकेनन् पाकिस्तान सुपर लिगमा सन्दीप लामिछाने ?
किन बिकेनन् पाकिस्तान सुपर लिगमा सन्दीप लामिछाने ?
पीएसएल फ्रेन्चाइजले लेग स्पिनर सन्दीप लामिछानेसहित ८ नेपाली खेलाडी बिक्न सकेका छैनन् ।
सिल्भर क्याटगेरीमा पूर्वकप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए ।
त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने प्लेटिनम क्याटगेरीमा रहेका थिए । प्लेटिनम क्याटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउने बताइएको थियो । सन्दीप कुनै पनि लिगको ड्राफ्ट परेर पनि नबिकेको यो पहिलो पटक हो ।
गत वर्ष सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएर खेलेका सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए ।
तर यस पटक महँगो मूल्य राखेका सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । (एजेन्सी)
प्रकाशित समय १०:२३ बजे

















