गृहपृष्ठ क्रिस्टियानो रोनाल्डोको सुरुवाती गोल, तर पनि युभेन्टस पराजित
क्रिस्टियानो रोनाल्डोको सुरुवाती गोल, तर पनि युभेन्टस पराजित
युभेन्टसले इटालियन सिरी ‘ए’ मा सिजनमा क्रिस्टियानो रोनाल्डोले सुरुवाती गोल गरे पनि हार ब्यहोर्नुपरेको छ ।
सिजनको पहिलो हार बेहोर्ने क्रममा १० खेलाडीमा समेटिएको युभेन्टस घरेलु टोली लाजियोसँग ३–१ ले पराजित बनेको हो ।
स्टेडियो ओलम्पिकको रोमामा शनिबार राति भएको खेलमा युभेन्टसलाई स्तब्ध बनाउन लुइज फिलिपे, सेरगेज मिलिन्कोभिक साभिक र फिलिपे काइसेडोले गोल गरे ।
खेलको २५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट खेलमा युभेन्टसले खेलमा अग्रता बनाएको थियो । तर पछि लाजिओले लगातार ३ गोल बनाएपछि हार ब्यहोर्नु परेको हो । (एजेन्सी)
प्रकाशित समय ०७:५७ बजे

















