गृहपृष्ठ एसीसी इस्टर्न रिजन टी- २० : नेपाललाई दियो मलेसियाले १५५ रनको लक्ष्य
एसीसी इस्टर्न रिजन टी- २० : नेपाललाई दियो मलेसियाले १५५ रनको लक्ष्य
एसीसी इस्टर्न रिजन टी- २० क्रिकेटअन्तर्गत नेपालसामु मलेसियाले १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।
मलेसियाका लागि सायद अजजि सायद मुबारकले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । ओपनर मोहम्मद अजवर अरुदिनले ३१ र कप्तान अहमद फैज मोहमद नुरले ३० रन जोडे । रामलेले २९ रन जोडे । ८९ रन हुँदा ५ विकेट गुमाएको मलेसियाका लागि सायद अजिज र अमिनुदिन रामलेले उत्कृष्ट ब्याटिङ गरे ।
सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुशन भारीले ३ ओभरमा २६ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । अभिनाश बोहराले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । पवन सरार्फले २ ओभरमा १७ रन खर्चिए । पारस खड्काले ३ ओभरमा २० रन खर्चिए । करण केसीले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए ।
प्रकाशित समय १४:५७ बजे

















