गृहपृष्ठ एसीसी इस्टर्न रिजन टी- २० : नेपाल मलेसियासँग पराजित

एसीसी इस्टर्न रिजन टी- २० : नेपाल मलेसियासँग पराजित

एसीसी इस्टर्न रिजन टी -२० कप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएकाे छ ।  नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।

निर्धारित २० ओभरमा नेपालले १ सय ५५ रनको विजय लक्ष्य पाएको थियो । तर नेपालले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । नेपालका लागि सन्दीपल लामिछानेले ४ ओभरमा २२ रन खर्चर सर्वाधिक ३ तथा अविनाश बोहोराले २ र करण केसीले १ विकेट लिए ।

मलेसियाका लागि ओपनर भिरनदीप जगजित सिंहले ३ र मोहम्मद अनवार अरुदिनले ३१ रन जोडे । खिजर हायात डुरानी शुन्यमा आउट भए । त्यस्तै अहमद फैज मोहमद नुरले ३० र साइद अजिज साइद मुबारकले ३५ बलमा ५१ रन  जोडे । मोहम्मद अरिफ जमालदिनले १ रन जोड्दा सार्विन मुनियादी १ रनमा अविजित रहे ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु