गृहपृष्ठ जर्मनीमा बुन्डेसलिगा सुरु गर्ने तयारी तीव्र
जर्मनीमा बुन्डेसलिगा सुरु गर्ने तयारी तीव्र
जर्मनीमा मुख्य फुटबल लिगका खेलहरु सुरु गर्ने तयारी तीव्र पारिएको छ । लिगको तयारीका क्रममा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको छ । प्रशिक्षणअघि १ हजार ७२४ जनामा कोरोनाभाइरस परीक्षण गरिएको थियो ।
क्लबहरुले समूहमा प्रशिक्षण गरिरहेका छन् । संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । गएको साता तीन जनामा कोभिड १९ देखिएको बुन्डेसलिगा क्लब कोलोग्नका अरु व्यक्तिमा भने कोरोनाभाइरसको संक्रमण देखिएको छैन ।
कोरोनाभाइरसको महामारीका कारण युरोपका धेरै लिग रोकिएका छन् । तीमध्ये बुन्डेसलिगा पहिलोपटक सुरु गर्न लागिएको हो । लिगका खेलहरु मे ९ देखि सुरु गर्ने तयारी थियो । सरकारी निर्णयअनुसार लिगका खेलहरु अब मे १६ देखि सुरु हुनेछन् ।
प्रकाशित समय १०:१६ बजे

















