गृहपृष्ठ कमल आकारमा विश्वकै ठूलो स्टेडियम बनाउँदै चीन
कमल आकारमा विश्वकै ठूलो स्टेडियम बनाउँदै चीन
चीनले विश्वकै ठूलो कमल आकारको फुटबल स्टेडियम निर्माण अघि बढाएको छ । करिब एक महिनाअघि नै कोभिड १९ मुक्त भएको घोषणा गरेको चीनले ठूला परियोजना निर्माण अघि बढाएको हो ।
व्यावसायिक क्लब क्वाङ्चो एभरग्रान्डेले बनाइरहेको एक लाख दर्शक क्षमताको यो स्टेडियम बनाउन करिब २१ हजार करोड रुपैयाँ खर्च अनुमान गरिएको छ ।
दुई वर्ष अर्थात् सन् २०२२ भित्र बनाइसक्ने गरी अघि बढाइएको स्टेडियममा १६ वटा अतिविशिष्ट कक्ष हुनेछन् भने १५२ वटा भीआईपी प्राइभेट रूम हुनेछन् । त्यस्तै फिफा एसिया र एथ्लिट एरिया पनि हुनेछ ।
हालसम्म संसारको सबभन्दा ठूलो फुटबल स्टेडियम स्पेनी क्लब बार्सिलोनाको क्याम्प नाओ हो । यसको दर्शक क्षमता ९९ हजार ३५४ छ ।
प्रकाशित समय २१:२५ बजे

















