गृहपृष्ठ प्रदेश १ का थप ८ जना कोरोना संक्रमणमुक्त, भोलि डिस्चार्ज गरिने

प्रदेश १ का थप ८ जना कोरोना संक्रमणमुक्त, भोलि डिस्चार्ज गरिने

प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमित निको भएका छन् । उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ ।

उनीहरूको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै कोरोना संक्रमणमुक्त भएका ६ जना डिस्चार्ज भएका थिए ।

यतिबेला कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहनेछन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।

बुधबार डिस्चार्ज गरिएका ६ जना।

प्रदेश १ मा पीसीआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडीटीबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रकाशित समय २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु