गृहपृष्ठ २० वर्षमुनिका उत्कृष्ट खेलाडी सूचीमा सन्दीप र कुशल

२० वर्षमुनिका उत्कृष्ट खेलाडी सूचीमा सन्दीप र कुशल

नेपाली क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल २० वर्षमुनिका उत्कृष्ट खेलाडी सूचीमा परेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेसनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट लेग स्पिनर सन्दीप र अलराउन्डर कुशल परेका हुन् ।

सूचीमा भारतलगायतका टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्य छ । एसोसिएटबाट यूएई र स्कटल्यान्डका एक‑एक जना परेका छन् । त्यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलादेश र स्कटल्यान्डबाट पनि खेलाडी परेका छन् ।

भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवी बिस्नोइ, कार्तिक त्यागी र प्रियम ग्राग उत्कृष्ट खेलाडीको सूचीमा परेका छन् । अफगानिस्तानबाट मुजिब उर रहमान र साफिकुल्लाह घफारी, पाकिस्तानबाट हइदर अली र रोहित नाजिर, दक्षिण अफ्रिकाबाट ब्रास पार्सन्स, स्कटल्यान्डका टम माकिन्टोन र इङ्ग्ल्यान्डका हमिदुल्लाह कद्री, बंगलादेशका रोसिफुल इस्लाम र रकिबुल हसन, अस्ट्रेलियाका तनविर संघा, यूएईका जोनाथन फिगी र वेस्ट इन्डजका जयडेन सिल्स युवा उत्कृष्ट खेलाडीको सूचीमा छन् । द नेसनलले उमेर समूहमा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा सूची तयार गरेको हो ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु