गृहपृष्ठ ‘भुटान प्रिमियर लिग’ अर्को महिनादेखि
‘भुटान प्रिमियर लिग’ अर्को महिनादेखि
ड्रक स्टार्सका खेलाडीहरू अभ्यासका क्रममा ।
भुटानले अर्काे महिनाबाट शिर्ष डिभिजनको लिग सुरु गर्ने भएको छ । नयाँ सिजनको ‘भुटान प्रिमियर लिग’ अगष्ट १ बाट सुरु गर्ने भुटान फुटबल फेडेरेसनले जनाएको छ ।
कोरोनाभाइरस महामारीका कारण लिगका खेलहरू बन्द रंगशालामा सञ्चालन हुने फेडेरेसनले जनाएको छ । फेडेरेसनले समर्थकहरूलाई घरमै बसेर खेलको मनोरञ्जन लिन अनुरोध गरेको छ ।
भुटानी लिगमा यस सिजन ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । पारो एफसी, पारो युनाइटेड, तेन्सुङ एफसी, उग्येन एकेडेमी एफसी, हाई क्वालिटी युनाइटेड एफसी, ट्रान्सफोर्ट युनाइटेड एफसी, थिम्पु सिटी एफसी र ड्रक स्टार्स एफसीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित समय १५:१३ बजे

















