गृहपृष्ठ नेप्से निरन्तर उकालो, बढी कमाउनेमा म्युचुअल फन्ड र लघुवित्त
नेप्से निरन्तर उकालो, बढी कमाउनेमा म्युचुअल फन्ड र लघुवित्त
सेयर बजार परिसूचक लगातार उकालो यात्रामा छ । गत साताका पाँच दिनमा चार दिन बढेको सेयर बजार यो साता पनि निरन्तर उकालो लागेको छ । परिसूचक तीन दिनमा करिब १८ अंकले बढेको छ भने कारोबार रकम दैनिक एक अर्बमाथि छ ।
नेप्से आइतबार ९, सोमबार २ र मंगलबार ५.०४ अंकले बढेर १३४७.४४ अंकमा उक्लिएको छ । मंगलबार व्यापार, विकास बैंक, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक, अन्य र जीवन बिमा समूह घट्दा बैंक, होटल, जलविद्युत, लघुवित्त र म्युचुअल फन्ड बढेका छन् । १८६ कम्पनीको २५ लाख ६८ हजार १२४ कित्ता सेयर ९९ करोड ४५ लाख रूपैयाँमा किनबेच भएको छ ।
सर्वाधिक कमाउने १० कम्पनीका सूचीमा म्युचुअल फन्ड र लघुवित्त परेका छन् । एनआइसी एसिया ब्यालेन्स्ड फन्ड र एनआइसी एसिया लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नबिल ब्यालेन्स्ड फन्ड २, नेपाल सेवा लघुवित्त, घोडीघोडा लघुवित्त, गुराँस लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, नविल इक्विटी फन्ड, सिभिल लघुवित्त र मिथिला लघुवित्त धेरै कमाउने १० कम्पनीभित्र परेका छन् ।
प्रकाशित समय १५:१४ बजे

















