गृहपृष्ठ सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एसिया लघुवित्तबीच सम्झौता
सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एसिया लघुवित्तबीच सम्झौता
सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतासँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एसिया लघुवित्तका शाखाबाट पनि हुने भएको छ । एनआईसी एसिया लघुवित्तका देशभर १०५ शाखा छन् ।
ती शाखामार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोबारहरुको भुक्तानी हुनेछ । सम्झौता पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अस्ट्रेलियालगायतका थुप्रै देशबाट विप्रेषण भित्र्याउँदै आएको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर ८ हजार ५०० भन्दा बढी भुक्तानी केन्द्र छन् ।
प्रकाशित समय १२:५३ बजे

















