गृहपृष्ठ युरोपा लिग : विपक्षीको ‘दुर्भाग्य’ले सेभियालाई उपाधि
युरोपा लिग : विपक्षीको ‘दुर्भाग्य’ले सेभियालाई उपाधि

युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । उपाधिका लागि सेल्भियाले शुक्रबार राति जर्मनीको कोल्नमा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्यो ।
सुरुवाती एक गोलको अग्रता उल्टाएर सेभिया च्याम्पियन बनेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे । रोमेरो लुकाकु र डिएगो गोडीनले इन्टरका लागि एक/एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए । डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसमा लुकाकुले अवसर खेल फालेनन् ।
१२औं मिनेटमा सेभियाका योङले गोल फर्काउँदै खेल बराबरी १-१ मा फर्काए । ३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले २-१ को अग्रता लिएकाे थियाे ।तर, ३६ औं मिनेटमा इन्टरका गोडीनले गोल गरेपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभियालाई ३-२ को जित दिलाए । कार्लोसको प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो । अग्रता जोगाउन नसक्दा र ‘आत्माघाती’सरहको गोल खाँदै ‘दुर्भाग्यपूर्ण’ अवस्थाबाट इन्टर उपाधिविमुख हुनपुग्यो । जसका कारण उपाधि सेभिल्लाको पोल्टामा पर्यो ।
यससँगै सेभियाले छैटौंपटक युरोपा लिगको उपाधि जित्ने एक्लाे टाेली बनेकाे छ । सेभिल्लाले छैटौंपटक फाइनल पुग्दा हरेकपतक उपाधि जितेको छ ।
इन्टर भने चौथोपटक युरोपा लिग जित्न असफल भएको छ । इन्टरले पछिल्लो पटक १९९८ मा युरोपा लिग जितेको थियो । इन्टरले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।
प्रकाशित समय १५:३५ बजे