गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण
ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण
ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई सो सहयोग गरेको हो ।
बैंकको गाईघाट शाखा प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक होमप्रसाद खनाललाई जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोल हस्तान्तरण गरेका छन् । खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्लाभरिका आवश्यक स्थानमा राखिने बताए ।
बैंकको शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ ।
प्रकाशित समय १८:०४ बजे

















